इंग्ल्याण्डविरुद्धको पाँचौ टी-ट्वान्टीमा पाकिस्तान ६ रनले विजयी « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Tue Nov 29 2022


इंग्ल्याण्डविरुद्धको पाँचौ टी-ट्वान्टीमा पाकिस्तान ६ रनले विजयी


104
Shares

काठमाडौं । पाकिस्तानले इंग्ल्याण्डविरुद्धको ७ खेलको टी-ट्वान्टी श्रृंखलामा ३–२ को अग्रता लिएको छ ।

पाकिस्तानको लाहोरमा बुधबार राति भएको पाँचौ खेलमा इंग्ल्याण्ड ६ रनले पराजित भयो । खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले १९ ओभरमा अलआउट हुनुपूर्व १ सय ४५ रन बनायो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ६३ रन जोड्दा बलिङतर्फ इंग्ल्याण्डका मार्क उडले ३ विकेट लिए ।

जवाफमा १ सय ४६ रनको मध्यम चुनौती पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्रै बनाउन सक्यो । इंग्ल्याण्डका मोइन अलीले अविजित ५१ रन जोड्दा पाकिस्तानका हरिस राउफले २ विकेट लिए ।

जितसँगै पाकिस्तानले श्रृंखलामा २ खेल बाँकी छँदा ३–२ को अग्रता लिएको छ ।

श्रृंखलाको छैटौं तथा सातौं खेल यही शुक्रबार र आइतबार लामोरमै हुनेछ ।