३० असार २०८२, सोमबार | Mon Jul 14 2025


युएईमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन ढिलाइ, तय भइसकेको चार्टर्ड उडान पनि रद्द


0
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा समस्यामा परेका नेपालीको उद्धारका लागि आज(मंगलबार) र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्ध भएको छ ।

आबुधाबीस्थित नेपाली दूतावास सोमबार सूचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो ।

युएईमा समस्यामा परेका नेपालीलाई आज र पर्सी नेपाल एयरलाइन्स मार्फत स्वदेश फर्काउने तयारी भएको थियो ।

दूतावासले जारी गरेको सूचनामा प्राविधिक कारणले उडान स्थगन भएको उल्लेख छ ।

उडान रद्धबारेको सूचना आइतबारै दूतावासले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत सार्वजनिक गरेको थियो ।

तर उक्त सूचना तत्काल हटाएर हिजो फेरि अर्को सूचना जारी गर्दै उडान स्थगन भएको जनाउ दिएको हो ।

अर्को उडान कहिले हुन्छ भन्नेबारेमा केही खुलाइएको छैन ।