थपिए ३८ जना कोरोना संक्रमित, १ जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


थपिए ३८ जना कोरोना संक्रमित, १ जनाको मृत्यु


65
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ८ सय १८ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार २ सय ८४ जनाको पीसीआर र १ हजार ५ सय ३४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार ५२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ हजार १ सय २२ जना सक्रिय संक्रमित रहेका छन् ।