काठमाडौं, असार १ । सातै प्रदेशले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेका छन् ।
संवैधानिक व्यवस्था अनुसार सबै प्रदेशले आफ्नो बजेट सार्वजानिक गरेका हुन् । संघिय सरकारले जेठ १५ मा बजेट ल्याउने र प्रदेश सरकारले असार १ गते नै बजेट घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सबै प्रदेशले आफ्नो आफ्नो बजेट सार्वजानिक गरेका हुन् ।
आगामी आर्थिक वर्षको लागी सबैभन्दा धेरै बजेट बाग्मती प्रदेशले ५१ अर्ब २० करोड ल्याँउदा सुदुरपश्चिम .प्रदेशको ३३ अर्ब ७४ करोडको बजेट सार्वजानिक भएको छ ।
प्रदेश नम्बर १ ले आर्थिक वर्ष २०७७/७८ का लागि ४० अर्ब ८९ करोडे बजेट सार्वजानिक गरेको छ ।
प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बोले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि कृषी र स्वास्थ्य क्षेत्रमा विशेष जोड दिएको बताए ।
प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि चालु तर्फ १८ अर्ब ९३ करोड, पुँजीगत तर्फ २१ अर्ब १२ करोड तथा वित्तिय व्यवस्था तर्फ ४ करोड रुपैयाँ र अन्तसरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब ८८ करोड विनियोजन गरेको छ । प्रदेश १ सरकारले कृषी तर्फ ३ अर्ब ८३ करोड र पुर्वाधार विकासका लागि ८ अर्ब ७४ करोड रकम छुट्टयाएको छ ।
यस्तै प्रदेश नम्बर २ ले बाग्मती प्रदेशले आगामी आर्थिक वर्षका लागि ५१ अर्ब २० करोड रुपैयाँ बराबरको बजेट सार्वजानिक गरको छ ।
बाग्मती प्रदेशका आर्थिक मामीला तथा योजना मन्त्री कैलाश ढुङगेलले बजेट सार्वजानिक गर्दै चालुतर्फ २६ अर्ब २८ करोड तथा पुँजीगत तर्फ २५ अर्ब १४ करोड विनियोजन गरेको जानकारी दिए ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/७८ को बजेट लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजारको बजेट सार्वजनिक गरे ।
गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्ष भन्दा २ अर्ब ७० करोड बढि बजेट विनियोजन गरेको छ ।
गण्डकी प्रदेशका आर्थिक मामीला तथा योजना मन्त्री किरण गुरुङले सोमबार बजेट प्रस्तुत गर्दै चालु तर्फ १४ अर्ब ३४ करोड, पुँजीगत तर्फ ९९ अर्ब ९९ करोड तथा वित्तिय व्यवस्थातर्फ ५० करोड विनियोजन गरिएको बताए ।
गण्डकी प्रदेशले कोरोना रोकथाम तथा नियन्त्रणका लागी ६० करोड ४० लाख रुपैँया विनियोजन गरेको छ ।
प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागी ३६ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेश ५ का मुख्यमन्त्री एवमं आर्थिक मामिला तथा योेजना मन्त्री शंकर पोखरेलले बजेट सार्वजानिक गर्दै आगामी वर्षको बजेट कोरोना केन्द्रित रहेको बताए ।
प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि चालुतर्फ १२ अर्ब ५५ करोड, पुँजीगत तर्फ १८ अर्ब ६१ करोड तथा वित्तिय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड बजेट विनियोजन गरेको छ । प्रदेश ५ सरकारले कोरोना नियन्त्रणका लागी भैपरी आउने खर्चका लागी १ अर्ब विनियोजन गरेको छ ।
यस्तै कर्णाली प्रदेशले आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ७४ करोड १३ बराबर बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट सार्वजानिक गर्दै पूँजीगत तर्फ १९ अर्ब ६ करोड, चालुतर्फ ११ अर्ब ६७ करोड तथा वित्तिय हस्तान्तरणका लागि २ अर्ब ९९ करोड बजेट विनियोजन गरेको बताए ।
बजेटले कोभिड १९ को महामारी र सम्भावित खाद्य सङ्कटबाट कर्णालीबासीको जीवन रक्षा, रोजगारीका अवसर सिर्जना, उत्पादन तथा उत्पादकत्वमा बृद्धि, लगायतका क्षेत्रलाई उच्च प्राथमिकता दिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए ।
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ का ३३ अर्ब बढी रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहोराले बजेट प्रस्तुत गर्दै आगामी अािर्थक वर्षको बजेटमा चालु तर्फ १४ अर्ब १८ करोड, पुँजीगत तर्फ १६ अर्ब ७२ करोड विनियोजन गरेको छ ।
सुदुरपश्चिम प्रदेशले चालु आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड रुपैयाँ बजेट ल्याएको थियो । आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले वित्तीय समानीकरण, सशर्त विशेष र समपुरक समेत गरी नेपाल सरकारबाट १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको बताउनुभयो । सुदूरपश्चिम सरकारले यस वर्ष कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेको छ ।





प्रतिक्रिया दिनुहोस्