 
	    काठमाडौं । ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली किशोरीले बेजोड प्रस्तुती दिएकी छिन् ।
नेपाली समयानुसार बुधबार बिहान भएको शोमा १७ वर्षीय प्रजिता बाँस्तोलाले पहिलो गायकी प्रस्तुति गर्दै नेपाली राष्ट्रियता, संस्कृति र संगीतलाई विश्व मञ्चमा पुर्याउने जमर्को गरिन् ।
चर्चित अंग्रेजी गीत ‘जेलस’ गाउँदै उनले चारैजना निर्णयकहरूलाइ खुसी बनाइन् । निर्णायकले उनको गायकीको प्रशंसा गरे ।
प्रजिताले चारैजना निर्णायकलाई नेपालबाट लगेको रुद्राक्षको माला उपहार भन्दै लगाइदिएकी थिइन् । आफू ‘द भ्वाइस’ मा भाग लिने पहिलो नेपाली प्रतिस्पर्धीको रुपमा चिनाएकी उनले आफूले नेपाली संगीत सुन्ने तर मनपर्ने जनरा चाहिँ आरएण्डबी भएको बताइन् ।
उनको प्रस्तुतीबाट निर्णयकहरूले उनको खुबै प्रशंसा गरी आफुहरू उनको फ्यान भएको पनि बताए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्