पोर्चुगललाई हराउँदै स्पेन नेशन्स लिगको फाइनल चरणमा प्रवेश « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


पोर्चुगललाई हराउँदै स्पेन नेशन्स लिगको फाइनल चरणमा प्रवेश


325
Shares

काठमाडौं । पोर्चुगललाई हराउँदै स्पेन युएफा नेशन्स लिग फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ ।

पोर्चुगलको ब्रागामा मंगलबार राति भएको खेलमा स्पेनले पोर्चुगललाई १–० ले हराउँदै फाइनल चरणमा प्रवेश गरेको हो ।

पोर्चुगल विरुद्धको कठिन खेलमा स्पेनलाई विजयी गराउन अल्भारो मोराटाले ८८ औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै स्पेनले समुहका ६ खेलबाट ११ अंक जोड्दा १० अंक जोडेको पोर्चुगल दोस्रो तथा ९ अंक जोडेको स्जिट्जरल्याण्ड तेस्रो भयो । ४ अंकसहित चौथो स्थानमा रहेको चेक रिपब्लिक भने लिग ‘ए’ बाट रेलिगेशनमा परेको छ ।

स्पेनले अब अर्को वर्ष जुन महिनामा हुने युएफा नेशन्स लिगको फाइनल चरणमा इटाली, क्रोएसिया र नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।