सिन्धुपाल्चोक, असार १ । मेलम्ची खानेपानी आयोजनाका मजदुरहरुले बाँकी रकम भुक्तानीको माग राखेर प्रदर्शन गरेका छन् ।
आयोजनाको साइट अफिस पुगेका मजदुरहरुले सुरुङभित्रको जोखिमपूर्ण काम गरेको बांकी रकम नपाएकाले आन्दोलनमा उत्रीएको बताए ।
पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आयोजनाको सुरुङ निर्माणको काम बीचैमा अलपत्र छोडेर हिंडेको इटालियन ठेकेदारबाट प्रताडित मजदुरहरुले मंगलबारदेखि थप प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।








प्रतिक्रिया दिनुहोस्