२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


यस्तो छ, हिमालय एयरलाइन्सको ‘उद्धार’ उडानको भाडादर


0
Shares

काठमाडौं, असार १ । हिमालय एयरलाइन्सले विदेशबाट उद्धार गरेर ल्याइनेहरुका लागि लाग्ने भाडादर सार्वजनिक गरेको छ ।

एयरलाइन्सले जुन २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउन गरिने ‘चार्टर’ उडानको तालिका र भाडादर सार्वजनिक गरेको हो । उसले तोकेको भाडा नेपाल एयरलाइन्सको भन्दा केही स्थानमा महँगो र केहीमा सस्तो देखिन्छ ।

उसले यूएईको आबुधाबीको भाडा ३६५ डलर तोकेको छ भने नेपाल एयलाइन्सले उक्त गन्तब्यबाट फर्किने यात्रुको भाडादर ४५० डलर तोकेको छ । कोलम्बो र मालेबाट हुने पहिलो उडानलाई ३८० र कोलम्बोबाट दोस्रो उडानदेखि ४८० डलर लाग्ने उसले उल्लेख गरेको छ ।

साउदीबाट भने हिमालयले नेपाल एयरलाइन्सको भन्दा बढी भाडा तोक्दै ४६५ डलर तोकेको छ । त्यहाँ नेपाल एयरलाइन्सले ४३० डलर लिने जनाएको थियो । सिंगापुर र मलेसिया लगायतका देशमा भने नेपाल एयरलाइन्ससरहकै भाडा तोकिएको छ ।

उडान हुनका लागि ८० प्रतिशत सिट भरिएको हुनपर्ने उसले जनाएको छ । यात्रुले पिसिआर अथवा आरडीटी परीक्षणमा नेगेटिभ आएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।