१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


धादिङमा क्वारेन्टाइनबाट फर्काइएका २४ जनामा कोरोना संक्रमण


26
Shares

धादिङ । धादिङ सदरमुकामका क्वारेन्टाइनबाट फर्काइएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतका विभिन्न शहरबाट आएकाहरुलाई सुरुमा क्वारेन्टाइनमा राखिएपनि आरडिटी नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।

तर पीसीआर थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा घर फर्काइएका यी व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

घर फर्किएकाहरूमा संक्रमण पुष्टि भएपछि स्थानीयवासी त्रसित भएका छन् ।

कोरोना संक्रमित बसेका नीलकण्ठ नगरपालिकास्थित विभिन्न वडाका गाउँटोल शील गरिने भएको छ ।

संकट व्यवस्थापन केन्द्र धादिङको हिजोको बैठकले क्वारेन्टाइनबाट घर फर्किएका २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि उनीहरू बसेको गाउँटोललाई सिल गर्ने निर्णय गरेको हो ।