२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


‘पोन्नियन सेल्भान १’ को अग्रिम बुकिङ सुरु

'बुकिङको केही घण्टाकै कमाइ १ करोड'

286
Shares

एजेन्सी । ३० सेप्टेम्बर बाट प्रदर्शन हुन लागेको मणिरत्नमको निर्देशित फिल्म पोन्नियन सेल्भान तमिल र तेलुगु फिल्मको अग्रिम बुकिङ २५ सेप्टेम्बरबाट सुरु भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार आइतबार बुकिङ सुरु भएको केही घण्टामै फिल्मले तमिल र तेलुगु भाषामा १ करोड रुपैयाँ कमाएको छ ।

पहिलो दिनको बुकिङमा फिल्मका अधिकांश शो हाउसफुल भएका छन् । यससँगै यो फिल्मले धेरै रेकर्ड तोड्ने ट्रेड विश्लेषकको अनुमान छ ।

पोन्नियन सेल्भान १ र २ ऐतिहासिक लेखक कल्कीको उपन्यासमा आधारित छ । यो ऐतिहासिक कथा हो, जसको दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए ।

ट्रेड एनालिस्टका अनुसार फिल्मको अहिलेसम्म ७८ हजारभन्दा बढी टिकट बिक्री भइसकेको छ । योसँगै फिल्मको कुल कलेक्सन १.४६ करोड रहेको छ । फिल्मले तमिल संस्करणबाट मात्र १.३७ करोड कमाएको छ भने तेलुगु संस्करणले ९ लाख रुपैयाँ कमाएको छ । यस्तो अवस्थामा फिल्मले शुक्रबारसम्म १० करोड वा सोभन्दा बढी कमाउने अनुमान गरिएको छ ।

यस फिल्ममा विक्रम, कार्थी जयराम रवि, ऐश्वर्या राय और तृषा कृष्णन मुख्य भूमिका देखिनेछन् । तमिल तेलुगु बाहेक पोन्नियान सेल्वान हिन्दी, कन्नड र मलयालममा पनि रिलिज हुनेछ ।