२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


क्वारेन्टिनमा रहेकी महिलाको बलात्कार आरोपमा तीनजना पक्राउ


0
Shares

कैलाली, असार १ । कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीस्थित शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेकी एक महिलामाथि बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

जेठ २० गते गौरीफन्टा नाकाबाट आएर शहीद स्मृति माध्यामिक विद्यालय लम्कीको क्वारेन्टिनमा बस्दै आएकी महिलाले शनिबार क्वारेन्टिनमा स्वयंसेवक बताउने तीनजनाले आफ्नो बलात्कार गरेको जाहेरी दिएकी थिइन् ।

उनको उजुरीका आधारमा ती तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित महिला लम्कीचुहा नगरपालिकाकी ३१ वर्षीया हुन् । तीनै जना आरोपितलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले लम्की बजारमा विरोध प्रर्दशनसमेत गरे । प्रदर्शनकारीले वडा कार्यालयमा तोडफोड पनि गरेका छन् ।