थपिए ५३ जना कोरोना संक्रमित « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Wed Nov 30 2022


थपिए ५३ जना कोरोना संक्रमित


91
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ६ सय २४ जनाको नमूना परीक्षण गरिएको थियो ।

८ सय २५ जनाको पीसीआर र १ हजार ७ सय ९९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार ८४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ हजार १ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।