 
	    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ६ सय २४ जनाको नमूना परीक्षण गरिएको थियो ।
८ सय २५ जनाको पीसीआर र १ हजार ७ सय ९९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोमबार ८४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ हजार १ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्