Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


ठूला नेताहरुमाथि कड्किए सभामुख सापकाेटा


624
Shares

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले घुमाउराे शैलीमा राजनीतिक दलका ठूला नेताहरुमाथि कड्किनु भएकाे छ ।

सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरूको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा उनले कसैकाे नान नलिई ठूला नेताहरु क्षणिक स्वार्थको लागि मात्रै भाषण गर्ने गरेको दाबी गर्नुभएकाे छ।

उनले भने, ‘नेपालमा नेताहरुले बढी भाषण गर्ने चलन रहेको छ । तत्कालिन फाइदाको लागि भाषण गर्ने काम गर्ने प्रवृति छ ।खुलस्त भन्नु पर्दा सट्साइटेट कार्यनीति फाइदाको लागि नेताहरुले भाषण गर्ने गरिएको छ । कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वास्र्थ लागि लागेको देखिन्छ ।’