Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


फेरिदो शैलीमा युवाको विरोध प्रदर्शन, विरोधको रचनात्मक शैली झन् आकर्षक(भिडियो)


0
Shares

 

गृष्मा राजभण्डारी र भरत केसी (ईमेज)

काठमाडौं, जेठ ३२ । सामाजिक सञ्जालमार्फत सरकारको ज्यादती विरुद्धको अभियानमा लाग्न आम नेपालीलाई आह्वान गरिएपछि यसमा सहभागी हुने युवाहरुको संख्या दिनहुँ बढीरहेको छ ।

स्वतस्फुर्त रुपमा आयोजना गरिएको प्रदर्शनमा सहभागीहरुले देशभर दिनदिनै प्रदर्शन गर्न थालेका छन् । काठमाडौंका माइतीघर, बसन्तुपर बौद्धलगायतका स्थानमा युवाहरुले सरकारका पछिल्ला गतिविधिहरुलाई व्यांग्यात्मक रुपमा विरोध प्रदर्शन गरिरहेका छन् ।

सरकारका काम कारवाहीप्रति असुन्तष्ट युवाहरुको समूहले यही जेठ २७ गतेदेखि सुरु गरेको सरकार विरोधी प्रदर्शन देशव्यापी रुपमा फैलिएको छ ।

कोरोनाको महामारी फैलिइरहेका बेला सरकारले यसको परीक्षण, क्वारेन्टिनको व्यवस्थापन र स्वास्थ्य सामग्री खरिद लगातका प्रक्रियामा प्रभावकारी कदम नचालेपनि आफ्नो बचाउ मात्र गरेको भन्दै युवाहरुले शान्तिपूर्ण रुपमा सरकार विरोधी आन्दोलनलाई तीव्र पारेका हुन् ।

पछिल्ला दिनमा ‘इनअफ इज इनअफ’ अभियान सञ्चालन गरेर युवाहरुले सरकारका गलत कामको व्यांग्यात्मक रुपमा देशव्यापी प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्रीको निवास बालुवाटार अघि धर्ना दिएर होस वा शहरका विभिन्न क्षेत्रमा उभिएर अथवा माइतीघर मण्डलामा हरेक दिन युवाहरुले नयाँ नयाँ ढंगबाट सरकारको विरोधलाई बुलन्द गरिरहेका छन् । सरकारलाई झकझकाउन थरी थरीका नारा लेखेको प्लेकार्ड बोकेका युवाहरुको समूहले माग पूरा नभएसम्म सडकमा धर्ना दिने अभियान अघी सारेको हो ।

यसकै निरन्तरता स्वरुप टोल टोलमा पनि युवाहरुको जमातले प्रदर्शन गर्न थालेको छ । कसैले नेतृत्व नगरेको आन्दोलनमा स्वस्फूर्त रुपमा युवाहरु थपिने क्रम दिनहुँ बढीरहेको छ ।

देश महामारीमा परेको बेलामा सरकारले आम नागरिकलाई आस्वास्त् पार्नुपर्ने बेलामा थप असन्तुष्टल बनाएकाले साझा खबरदारीका प्रदर्शनमा ऐक्यबद्धता जनाएको युवाहरुले बताएका छन् ।

आफनै भेषभुषामा समेत सजिएका केही युवतीहरु, थरीथरीका मुकुट अनि सरकारको विरोधमा लेखिएका प्लेकार्ड बोकेर गरिएका प्रदर्शन शान्तिपूर्ण नै छन् ।

उनीहरु संयमित भएर सवारी साधन आवागमनमा कुनै अवरोध पनि गरेका छ्रैनन् । प्रर्दशनमा भेटिएका एक व्यक्तिले आफ्नो सहभागिताबारे यसरी प्रष्ट पारेका छन् ।

लामो समयको लकडाउनपछि दैनिकी क्रमशः सहज हुँदै गरेको बेलामा आम सर्वसाधारणले विभिन्न शैलीमा सरकारको विरोध गरेका छन् । स्वतन्त्र रुपमा विरोध गर्न पाउने अधिकार सरकारले नियन्त्रण गर्न खोजेको भन्दै कतिपयले आन्दोलनमा सहभागी हुनुपरेको प्रष्टिकरण पनि दिएका छन् ।

यसैगरी सरकारले गर्ने भनिएको दण्ड सजायका लागि तयारी अवस्थामा रहेको भन्दै केही युवाले नेताहरुले गरेका अनियमितताको हिसाब पनि खोजेका छन् ।

केही दिनअघि निषेधित क्षेत्र भनिएको प्रधानमन्त्री निवास बालुवाटार अघि भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि सर्वत्र विरोध भएपनि त्यसपछि माइतीघर मण्डलामा भएका प्रदर्शनमा आन्दोलनकारीले फूल वितरण गर्नेदेखि प्रहरी पनि नेपाली नागरिक भएकाले अधिकारका लागि लड्न प्रेरित गर्न थालेका छन् ।