
कैलाली । धनगढीको नवजीवन अस्पतालमा उपचार गराइरहेका एक पुरुषमा कोरोना पुष्टि भएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर ४ का ४३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनी केही दिनदेखि नवजीवन अस्पतालको आईसियुमा उपचार गराईरहेका थिए ।
इर्मजेन्सी केस भएका कारण हिजो राति धनगढी स्थित प्रयोगशालामा जाँच गर्दा उनीमा कोरोना पुष्टि भएको हो ।
पुरुषको सम्पर्कमा आएका नवजीवन अस्पतालको आईसियुमा रहेकाहरुलाई आईसोलेसनमा राखिएको छ भने अस्पताललाई सिल गरिएको छ ।
संक्रमण पुष्टि भएका पुरुषलाई सेती प्रादेशिक अस्पतालको आईसियुमा सारिएको छ ।
प्रतिक्रिया दिनुहोस्