१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


कोरोनाबाट मृत्यु भएकी महिलासँगै डायलासिस गराएका एक पुरुषमा कोरोना संक्रमण


0
Shares

कैलाली । सेती प्रादेशिक अस्पतालमा तीनदिन अघि कोरोनाबाट मृत्यु भएकी महिलासँगै डायलासिस गराएका एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ४ महिमा टोलकी ५५ वर्षीया महिलाको डाईलासिस गराउने क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

उनको मृत्युपछि स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनीसँगै किड्नीको डायलासिस गराएका धनगढी उपमहानगरपालिका ३ का ४३ वर्षिय पुरुषमा पनि हिजो कोरोना संक्रमण पुष्टि भएको हो ।

घरमै रहेका उनलाई अत्याधिक ज्वरो आएर कोरोनाको जस्तो लक्षण देखिएपछि वडा कार्यालयको पहलमा स्वाब परीक्षण गरिएको थियो ।