पछिल्लाे २४ घण्टामा डेंगुबाट १ हजार ५ सय ४ जना संक्रमित « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


पछिल्लाे २४ घण्टामा डेंगुबाट १ हजार ५ सय ४ जना संक्रमित


182
Shares

काठमाडौं । मुलुकभर देखिएको डेंगु प्रकोपले महामारीको रुप लिन थालकाे छ। साेही क्रममा पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५ सय ४ जना संक्रमित थपिएका छन् ।

आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगु संक्रमण भएको थियो ।

अहिलेसम्म डेंगु संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ । यो संख्या पछिल्लो १८ वर्ष यताकै उच्च हो । डेंगुबाट ज्यान जाने क्रम पनि जारी छ ।

मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजारमा डेंगु संक्रमण भएको छ । त्यसैगरी, लुम्बिनी प्रदेशमा दुई हजार ८७२, सुदूरपश्चिममा ७७७, प्रदेश १ मा ७५३, गण्डकीमा ५३७, मधेशमा ३२३ र कर्णालीमा २३० जनामा डेंगु संक्रमण भएको छ । हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ ।

नेपालमा वि.सं.२०६१ सालमा पहिलो पटक एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यस यता वार्षिक बढ्दै सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा डेंगु संक्रमण देखिएको थियो । त्यतिबेला ६८ जिल्लामा डेंगु फैलिएको थियो भने ५ जनाको मृत्यु भएको थियो ।