
गुल्मी । गुल्मीमा एक कोरोना सक्रमित पुरुषको मृत्यु भएको छ ।
गुल्मी जिल्ला प्रशासन कार्यालयका प्रसाशकीय अधिकारी उद्धव पन्थीले जिल्लाको धुर्कोट गाउँपालिका–४ का ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको जानकारी दिए ।
उनको शव राति नै व्यवस्थापन गरिएको बताइएको छ । जेठ १२ गते कोरोना पुष्टि भएसँगै उनी सदरमुकाम तम्घासमा उपचार गराइरहेका थिए ।
आइसोलेशनमा उपचार गराइरहेका उनको स्वास्थ्यमा पटक–पटक समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।
योसँगै गुल्मीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि मदाने गाउँपालिकाका ४१ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।
कोरोनाका कारण नेपालमा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्