Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


थपिए ५१ जना कोरोना संक्रमित


91
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार २४ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार २ सय ६ जनाको पीसीआर र १ हजार ८ सय १८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार एक सय जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ हजार २ सय २३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।