४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि आवेदन परेन


468
Shares

काठमाडौं । भैरहवामा रहेको नेपालको दोस्रो ठूलो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि दुई पटक बोलपत्र आह्वान गर्दा एउटा पनि आवेदन परेको छैन ।

आवेदन नपरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तेस्रो पटक बोलपत्र प्रकाशित गर्ने तयारी गरेको बताइएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले दुई पटकको सूचनामा कुनै पनि कम्पनीले आवेदन नहालेको बताउनुभयो ।

प्राधिकरणले पाँच वर्षका लागि ठेक्का दिने गरी अन्तर्राष्ट्रिय कम्पनी छनोट प्रक्रिया सुरु गरेको थियो । ठेक्का परेको कम्पनीले पाँच वर्षको करिब रु. ५७ करोड बुझाउनुपर्छ ।

टर्मिनल भवन व्यवस्थापनको जिम्मा पाउने कम्पनीले भवनमा सञ्चालित आउटलेट व्यवस्थापनको जिम्मा लिने छ ।

धिकरणले यो व्यवस्थापनसँगै सरसफाई पनि गर्ने गरी जिम्मेवारी दिने भएको छ । अन्तर्राष्ट्रिय कम्पनीले जिम्मा लिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको व्यवस्थापन तुलनात्मकरुपमा फरक देखिने प्रवक्ता निरौलाले जानकारी दिनुभयो ।