
काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले चेक रिपब्लिकलाई पराजित गरेको छ ।
समूह चरण अन्तर्गत शनिबार राति पोर्चुगलले चेक रिपब्लिकलाई ४–० ले पराजित गरेको हो ।
पोर्चुगलको लागि डियोगा डालोटले दुई गोल गर्दा ब्रुनो फर्नान्डेज र डिएगो योटाले एक एक गोल थपे ।
खेलको ३३ औं मिनेटमा डालोटले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा फर्नान्डेजले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।
५२ औं मिनेटमा डालोटले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगलको अग्रता तेब्बर बनाए । त्यसपछि ८२ औं मिनेटमा डिएगोले गोल गर्दै पोर्चुगललाई ४–० को जित दिलाए ।
प्रतिक्रिया दिनुहोस्