२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


न कारबाही न उन्मुक्ति


52
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र नेपाल बारका पूर्वकोषाध्यक्ष रुद्र पोखरेलबीचको घुस लेनदेन अडियो प्रकारणमा छानबिन पूरा भए पनि कारबाही र उन्मुक्ति दिने बारे कुनै निर्णय हुन सकेको छैन् ।

७ असार २०७९ मा न्यायाधीश कोइराला र अधिववक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई छुटाउने विषयमा ‘घुस डिल’ अडियो सार्वजनिक भएको थियो ।

सिभिल सहकारी र सिभिल होम्समा सर्वसाधारणको पैसा हिनामिना गरी जेल परेका तामाङलाई छुटाउने विषयमा दुई जनाबीच घुस डिल भएको हो ।

ठगी मुद्दामा सिभिल सहकारी सञ्चालक व्यवसायी तामाङलाई धरौटीमा छुटाउन २ करोडको घुस लिड गरेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएलगातै बार काउन्सिलले स्पष्टीकरण दिन अधिवक्ता पोखरेललाई पत्र काटेको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।