आमाको हत्या गर्ने छोरा र नक्कली नोट कारोबारी पक्राउ « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


आमाको हत्या गर्ने छोरा र नक्कली नोट कारोबारी पक्राउ


234
Shares

बारा । आमाको हत्या गर्ने र नक्कली नोटको कारोबारी गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी सार्वजानिक गरेको छ ।

आमाको हत्यामा संलग्न कलैया–७ का जय बिसोर यादव र नक्कली नोट कारोबारी सिम्रोनगढ नगरपालीका–५ का जगदेब महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

जय बिसोरले गत असाेज ३० गते आफ्नी ‘सौतेनी आमा’ तेतरी देबीलाई नागरीकता नबनाइदिएको निहुमा खुकुरी प्रहार गरी हत्या गरेर भागेका थिए ।

दुवै जनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ ।