
वीरगन्ज, जेठ ३१ । उपचारकाक्रममा मृत्यु भएका बारा, निजगढका पाँच वर्षीय बालकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ ।
मृतक बालकको ‘पीसीआर रिपोर्ट’मा संक्रमण पुष्टि भएको वीरगन्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
निमोनियाका कारण सिकिस्त भएका बालकलाई शुक्रबार बिहान वीरगन्ज हेल्थकेयर अस्पतालमा उपचारका लागि लगिएकोमा उनको उपचारकैक्रममा बेलुका मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्