काठमाडौंका व्यापारिक केन्द्र सुनसान हुँदा व्यापारी निराश « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


काठमाडौंका व्यापारिक केन्द्र सुनसान हुँदा व्यापारी निराश


2.418k
Shares

काठमाडौं । नेपालीहरुकाे महान चाडपर्व दशैं र तिहार नजिकिंदै गर्दा समेत काठमाडौंका व्यापारिक केन्दमा व्यापार हुन सकेकाे छैन् ।

राम्रो लगाउने मिठो खाने परम्परा अनुसार बजारमा चहलपहल सुरू भएको छ । दशैं सुरू हुनै लाग्दा काठमाडौंका साना तथा ठूला व्यापारीहरू व्यापार नहुँदा निराश भएका छन् । उपभोक्ता महँगीले जीवन धान्न मुश्किल परेको दुखेसो गरेका छन् ।

विगतका केही वर्ष कोरोनाले व्यापार हुन नसकेको तर, यो वर्ष अलि आशा व्यापारीमा बढेको छ । देशको अर्थतन्त्र, कहिले कोरोना कहिले डेंगीको त्रास, बढ्दो बेरोजगारी तथा आर्थिक अभावकाबीच आम नागरिकमा उत्साह देखिएको छैन् ।

यो वर्ष आशा भए पनि व्यापार भने पहिलेको तुलनामा नहुँदा व्यापारी निरास त छन् नै, बढी भिड-भाड हुने असन र न्युरोड लगायतका स्थानमा महानगरपालिकाले पार्किङ राख्न नदिएपछि व्यापार घटेको व्यापारी बताउँछन् ।

व्यापारी व्यापार नहुँदा निरास त छन् नै आम उपभोक्ता महँगीले गर्दा थप पीडित छन् । बढ्दो पेट्रोल तथा डिजेलको मूल्य वृद्धिले समेत महँगी चर्किएको, पसलै पिच्छे फरक भाउ र मनपरी मूल्यले उनीहरू आजित भएको बुझ्न कठिन छैन् ।

लत्ता कपडा, सुन चाँदी, खाद्यान्न किनमेल गर्नेको भीड हुन्छ । तर भाउ सुन्ने वित्तिकै कतिपय ग्राहक सामान नकिनी फर्कने गरेको गुनासो व्यापारीको छ । यसैको कारण धेरै जसो व्यापारीलाई बैंकको ब्याज तथा घर भाडा तिर्न मुश्किल परेकाे छ ।