Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


विदेशमा बसेर प्रेमिका फकाउँदै दुर्गा : ‘दुई चार साल पर्ख है सानु’(भिडियो)


0
Shares

काठमाडौं । ‘दुई चार साल पर्ख है सानु’ बोलको गीतको भिडियो बजारमा आएको छ ।

परदेशमा बसेर पनि गीत लेखनमा कलम चलाउँदै आएका गीतकार दुर्गा प्रसाद कडरीयाको अती नै मन छुने गीत बजारमा आए लगत्तै राम्रो प्रतिक्रिया पायरहेको छ ।

युएइमा कार्यरत गीतकार कडरीयाको गीतमा सङ्गीत र स्वर भर्ने काम सङ्गीतकार सीएल शर्माले गरेका छन् ।

प्रसिद्ध एरेन्जर साहश शाक्यको म्युजिक  एरेन्ज रहेको गीतलाई गुन्जन रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

छोटो समयमा नै धेरै दर्शक स्रोताहरुको मन जित्न सफल यो गीतले राम्रो प्रतिक्रिया पाउनेमा विश्वस्त रहेको गायक तथा सङ्गीतकार सीएल शर्माले बताए ।