३० असार २०८२, सोमबार | Mon Jul 14 2025


लकडाउनका कारण बन्द रहेका चिज उत्पादन केन्द्रहरु संचालनमा आए


0
Shares

रसुवा । रसुवामा लकडाउनका कारण बन्द रहेका चिज उत्पादन केन्द्रहरु संचालनमा आएका छन ।

लकडाउनका कारण बन्द उत्पादन केन्द्रमा कृषकहरुबाट दूध संकलन गरि चिज उत्पादन सुरु भएको पाङलेखर्क केन्द्रका प्रमुख जित बहादुर जिरेलले बताए ।

उत्पादन केन्द्र बन्द हुंदा करिब दुई सय ५० जना चौरी पालन व्यवसायीले दूध बिक्री गर्न पाएका थिएनन् ।

जिल्लामा अहिले दुग्ध विकास संस्थान अन्तर्गत ६ वटा केन्द्र सञ्चालनमा आएका छन् ।