
पर्वत । पर्वतमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा चार जनामा संक्रमित थपिएका हुन ।
संक्रमित हुनेहरुमा कुस्मा नगरपालिका वडा नं १० पिपलटारीका २ जना, जलजला गाउँपालिका वडा नं १ का १ जना र महाशिला गाउँपालिका ५ लुंखुका १ जना रहेका छन ।
उनीहरु ६ बर्ष देखि १७ बर्ष उमेर समुहका छन । यो संगै पर्वतमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ ।
उनिहरु सवै भारतवाट आएको बताईएको छ । उनीहरु कुश्माकै पुलिङ क्वारेन्टाईनमा रहेका थिए ।
यस अघि हिजो १३ जनामा संक्रमण देखिएको थियो भने एक साता अघि ९ जनामा संक्रमण देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्