
काठमाडौं, भदौ ४ । राजधानीको कोटेश्वर, तीनकुनेस्थित ‘ए वान क्याफे’बाट पेस्तोलसहित ७ जनालाई महानगरीय प्रहरी परिसरको टोलीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुको साथबाट एकथान चाइनिज पेस्तोल र चार राउन्ड गोली प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं, नारायणटार बस्ने भूपेन्द्र राई, चाबहिल बस्ने मिंग्मा शेर्पा, सिफल बस्ने सनित राई, बौद्ध बस्ने राजु भण्डारी छन् ।
यस्तै, चाबहिल बस्ने सुरेश श्रेष्ठ, रोनिक श्रेष्ठ र ‘बिमल’ भनिने सुजन थापामगर पक्राउ परेका छन् ।
समूह बनाइ लुट्ने योजना बनाउँदै गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्