
काठमाडौं । घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टी–ट्वान्टी खेल जितेको छ ।
नागपुरमा शुक्रबार राति भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो । यस जितसँगै ३ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा भारतले १–१ को बराबरी गरेको छ ।
जितका लागि ९१ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७ ओभर २ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
भारतका लागि कप्तान रोहित शर्माले २० बलमा अविजित ४६ रन बनाए । विराट कोहलीले ११ तथा केएल राहुलले १० तथा दिनेश कार्तिकले अविजित १० रन बनाए ।
अष्ट्रेलियाका लागि एडम जाम्पाले ३ तथा प्याट कमिन्सले एक विकेट लिए ।
त्यस अघि ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाएको थियो । वर्षा र आउटफिल्ड झिजेको हुँदा खेल ढिलो सुरु हुँदा खेल ८ ओभरमा घटाईएको थियो ।
अष्ट्रेलियाका लागि म्याथ्यु वेडले अविजित ४३ रन बनाए । कप्तान आरोन फिन्चले ३१ र तथा स्टेभन स्मिथले ८ रन बनाए ।
भारतका लागि अक्षर पटेलले २ तथा जसप्रित बुमराहले १ विकेट लिए ।
पहिलो खेलमा अष्ट्रेलिया ४ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार राजिव गान्धी स्टेडियम हैदराबादमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्