Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


राष्ट्रपतिसँग दक्षिण कोरियाका राजदूतको बिदाइ भेट


0
Shares

काठमाडौं, जेठ ३० । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले शुक्रबार राष्ट्रपति निवास शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरे ।

सो अवसरमा उनीहरुबीच दक्षिण कोरिया र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राजदूत पार्कले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बिदाइ भेट गरे । रासस