एनआईसी बैंकले दक्षिणा दिने « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


एनआईसी बैंकले दक्षिणा दिने


10.842k
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्र्तगत एनआइसी बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहहरूलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकले २०७९ असोज १ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी ल्याएको यो योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा लागू हुनेछ । यस योजनामा विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिटेन्स एनआईसीमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप ३ सय रुपैयाँ प्रदान गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

एनआईसीलाई मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक मानिन्छ ।