
सञ्जय कार्की (इमेज)
रौतहट, ३० जेठ, । रौतहटमा शुक्रबार थप ८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ६१७ पुगेको छ ।
शुक्रबार थपिएका संक्रमितहरुमा राजपुर नगरपालिकाको ‘क्वारेन्टिन’मा रहेका ८५ जना रहेका छन् ।
यस्तै, परोहा नगरपालिकाको क्वारेन्टिनमा रहेका एकजना रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
रोजगारी गरेर भारतबाट फर्की क्वारेन्टिनमा बसेका उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेका जनाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय गौरका ल्याब सुपरभाइजर राजकुमार साहले कोरोना संक्रमितको संख्या पुष्टि गरेका हुन् ।
रौतहटमा कुल संक्रमितमध्ये १०२ जना निको भएर घर फर्किइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्