३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


भारतमा कोरोना महामारी डरलाग्दोः २४ घण्टामा ४ सयको मृत्यु, १८ हजार संक्रमित


0
Shares

काठमाडौं । लामो समयको लकडनाउ पछि भारतमा खुलेका मस्जिदहरु आगामी जुन ३१ तारिख सम्मका लागि पुनः बन्द गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांंकअनुसार भारतमा हरेक २५ मिनेटमा एक जनाको मृत्यु हुने गरेको छ भने विगत २४ घण्टामा ४ सयको मृत्यु र संक्रमितको संख्या १८ हजार पुगेको छ ।

नयाँ दिल्लीमा मात्रै विगत २४ घण्टामा ६५ जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या १ हजार नाघेको छ ।

यो तथ्यांकसँगै विश्वमा कोरोना प्रभावित देशहरु मध्ये भारत चौथो स्थानमा पुगेको छ ।

विश्वका सबैभन्दा प्रभावित मुलुकमध्ये अमेरिका पहिलो नम्बरमा छ भने ब्राजिल, रुस र त्यसपछि भारत रहेको छ ।

यसैबीच सरकारले भारतका दर्जन भन्दा शहरहरु शील गरको छ । भारतमा कोरोना परीक्षणको दायरा भने उच्च बिन्दुमा पुगेको छ ।

भारतका अधिकांश अस्पालतहरु कोरोना संक्रमितका गम्भीर बिरामीहरुले भरिएका छन् ।

यसैबीच दिल्लीमा मुख्यमन्त्री अरबिन्द केजरीवालले भारतमा कोरोना नियन्त्रण भन्दा बाहिर गएको भन्दै सबैलाई सचेत रहन अपील गरेका छन् ।

विभिन्न शहरहरुमा मानिसको भीडभाड बढेकाले भारत न्युयोर्कको स्थितिमा पुग्ने भन्दै उनले सबैलाई सचेत रहन अपील गरेका छन् ।

भारतमा हाल लकडाउनको स्वरुप परिपर्तन गरी अनलक १ लागू गरिएको छ । एजेन्सी