 
	    काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ब्यापारिक प्रतिष्ठान, ब्यक्ति वा संस्थाले आफ्ना कार्यस्थल बाहिर राखेका साइनबोर्डको शुल्क एक महिनाभित्र बुझाउन आग्रह गरेको छ ।
ब्यापारिक प्रतिष्ठान, ब्यवसाय, व्यक्ति वा संघसंस्थाको परिचय खुल्ने साइनबोर्ड राख्नेहरुले तीस दिनभित्र महानगरलाई शुल्क तिनुपर्ने छ ।
महानगरले आज शुक्रबार सार्वजनिक सूचना निकाल्दै अबको ३० दिनभित्र वडा कार्यालयमा साइनबोर्ड बापतको शुल्क तिर्न भनेको हो ।
छ वर्गफूटको एउटा साइनबोर्डको पाँच सय, १५ वर्गफुटको भए १५ सय तथा १५ वर्गफुटदेखि ३० वर्गफुटसमम्मको साइनबोर्ड भए प्रति वर्गफुट एक हजारका दरले शुल्क बुझाउन भनिएको छ ।
३० वर्गफुट भन्दा ठूलो साइनबोर्ड भने लगाउन नपाइने पनि महानगरले जनाएको छ ।
एक महिनाभित्र शुल्क नबुझाए वा तोकिएकोभन्दा ठूलो साइनबोर्ड राखेको पाइएमा त्यस्ता साइनबोर्ड महानगरपालिकाले तत्काल हटाउने चेतावनीसमेत दिइएको छ ।



 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्