Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


त्रिशुलले हानेर दाङमा एक पुरुषको हत्या


0
Shares

तुलसीपुर । दाङको पश्चिममा त्रिशुलले हानेर एक व्यक्तिको हत्या भएको छ ।

आज बिहान बबई गाउँपालिका–३ धनुमास निवासी २८ बर्षका बालीराम वलीले सोही ठाउँ निवासी ४६ बर्षका नारायण प्रसाद डाँगीलाई फलामको त्रिशुलले हानेर हत्या गरेका छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिव वहादुर सिंहका अनुसार त्रिशुल प्रहारबाट घाइते डाँगीको उपचारका लागि तुलसीपुर लार्दै गर्दा बाटोमा मृत्यु भएको हो ।

हत्याको आरोप लागेका वली पनि घाइते भएको र उनको पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । वलीको प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।