नाडा ईभी एक्स्पो सुरु « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


नाडा ईभी एक्स्पो सुरु


416
Shares

काठमाडौं । नेपालकै पहिलो नाडा ईभी एक्स्पो सुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा ४ दिने नाडा ईभी एक्स्पो सुरु भएको हो ।

५१ वटा स्टल रहेको नाडा अटो शोमा ९ वटा ४ पांग्रे र १ वटा ३ पांग्रे रहेका छन् । १६ वटा २ पांग्रे सवारीका स्टल रहेका छन् । गाडी ब्रान्डमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाईडी, चांगन, ज्यागका चारपांग्रे विद्युतीय गाडीको सहभागिता रहेको छ ।

अग्नी ग्रुपको ३ पांग्रे टेरो ब्रान्डका गाडी र दुईपांग्रे ब्रान्ड रहेका छन् । जसमा लेभ्निङ, एनआईयू, याडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्स लगायतका ब्रान्डको उपस्थिति छ ।

चापको व्यवस्थापनको लागि नाडाले खल्ती एपमार्फत टिकट काट्न सकिने व्यवस्था गरेको छ । एक्स्पोमा प्रवेशको लागि विद्यार्थीलाई १५० रुपैयाँ र अन्यका लागि २ सय रूपैयाँ व्यवस्था गरेको छ । सिएटद्वारा प्रायोजित नाडा साधन, पार्टपुर्जा, वित्तीय सेवा उपलब्ध रहेका छन् ।

एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ ।