काठमाडौं, जेठ २९ । सामाखुसीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–२६ कपुरधारास्थित सडकमा बिहीबार बा९५प ६४८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं न्यूरोडका ३४ वर्षीय निरज सिख्राकारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते सिख्राकारको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा काठमाडौं–१६ नयाँबजारका २६ वर्षीय बेरन लामा सामान्य घाइते भएका छन् । घाइते लामालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया दिनुहोस्