बढ्यो सुनचाँदीको मूल्य « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Thu Sep 29 2022


बढ्यो सुनचाँदीको मूल्य


702
Shares

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य बिहीबार १५ रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।