काठमाडौं, जेठ २९ । सरकारले लकडाउन उल्लंघन गर्दै प्रदर्शन गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
गृहमन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरी सामाजिक सञ्जालबाट मानिहरुलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाम अनावश्यक भिडभाड गरेर अप्रत्यक्ष रुपमा लकडाउनको अवहेलना गर्ने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा लकडाउनको आदेश विपरितका प्रतिकुल कार्यहरु भए १ सयदेखि ६ सयसम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्न सक्ने प्रष्ट पारेको छ ।








प्रतिक्रिया दिनुहोस्