पोखरा, जेठ २९ । गण्डकी प्रदेशका ६ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगका बिरामी भेटिएका छन् ।
कोरोनाको जोखिमका बीच डेंगी र स्क्रब टाइफसको सङ्क्रमणसमेत बढेको हो ।
हालसम्म ती जिल्लामा डेगीका २७ बिरामी फेला परेका छन् भने म्याग्दीमा पाँच जनामा स्क्रब टाइफस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
म्याग्दीमा १२ र कास्कीमा १० जनामा डेंगी संक्रमित भेटिएका छन् ।
यस्तै पर्वतमा दुई तथा बाग्लुङ, तनहुँ र नवलपुरमा एक–एक जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ ।





प्रतिक्रिया दिनुहोस्