१७ मंसिर २०८०, आइतबार | Sun Dec 3 2023


स्कटल्याण्डद्वारा युक्रेन पराजित


117
Shares

काठमाडौं । युएफा नेशन्स लिग फुटबलमा स्कटल्याण्डले युक्रेनलाई पराजित गरेको छ ।

बुधबार राति स्कटल्याण्डले युक्रेनलाई ३–० ले पराजित गरेको हो ।

स्कटल्याण्डको ग्लास्गोमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन लिण्डन डाइक्सले दुई गोल गर्दा जोन म्याक्गीनले एक गोल गरे ।

खेलको ७० औं मिनेटमा जोनले गोल गर्दै स्कटल्यान्डलाई १–० को अग्रता दिलाए । ८० औं मिनेटमा डाइक्सले गोल गर्दै स्कटल्यान्डको अग्रता दोब्बर पारे । त्यसपछि ८७ औं मिनेटमा डाइक्सले व्यक्तिगत दोस्रो गोल गर्दै स्कटल्यान्डलाई ३–० को जित दिलाए ।

जितसँगै स्कटल्याण्डले तीन महिना अघि विश्वकप फुटबलको प्ले अफ् छनौटमा युक्रेनसँग भोगेको हारमा बदला लिएको छ ।

युएफा नेशन्स लिग फुटबलमा आज बिहीबार राति क्रोएसियाले डेनमार्कसँग खेल्दा फ्रान्स र अष्ट्रिया भिड्नेछन् । त्यस्तै, स्लोभाकिया र अजरबैजान, बेल्जियम र वेल्स, पोर्चुगल र नेदरल्याण्ड्स तथा टर्की र लक्जेम्वर्ग भिड्नेछन् ।