बागलुङ, जेठ २९ । बागलुङको ताराखोला गाउँपालिकाबाट अवैध हतियारसहित ६ जना पक्राउ परेका छन् ।
हातहतियार लुकाइराखेको भन्ने सुराकीको आधारमा इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी टोलीले ताराखोला गाउँपालिका—१ बाट ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ताराखोला—१ का चित्रराज कँडेल, थमबहादुर घर्ती, टंकबहादुर रोका, होमबहादुर रोका, खिमानन्द कँडेल र बमबहादुर घर्ती रहेका छन् ।
उनीहरुको घर खानतलासी गर्दा पाँचथान भरुवा बन्दुक बरामद भएको बागलुङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।
अवैध हतियारसहित पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरी हातहतियार तथा खरखजाना मुद्दामा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्