Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


मेचीपुलमा राखियो नेपालको नयाँ नक्सा


0
Shares

भद्रपुर, जेठ २९ । नेपालको पूर्वी सीमानाका काँकडभिट्टाको प्रवेशद्वारस्थित मेचीपुलमा कलापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा राखिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको भातृ सङ्गठनका रूपमा रहेका राष्ट्रिय युवासङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको संयोजनमा बिहीबार सो स्थानमा नक्सा राखिएको हो ।

सो पुलको मुखमा १० फिट लम्बाइ तथा पाँच फिट चौडाइ भएको होडिङबोडमा नयाँ नक्सा प्रदेश नं १ का सांसदद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीको उपस्थितिमा राखिएको हो ।

सो अवसरमा सांसद बुढाथोकीले  राष्ट्रियताका सवालमा सम्पूर्ण देशवासी एक ठाउँमा उभिएको बताए । रासस