राँके रबि-भेडेटार सडक निर्माणकाे विषयमा पहल गर्छु: परशुराम खापुङ « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


राँके रबि-भेडेटार सडक निर्माणकाे विषयमा पहल गर्छु: परशुराम खापुङ


78
Shares

पाँचथर । प्रदेश-१ का प्रमुख परशुराम खापुङले बहुप्रतिक्षित राँके रबि–भेडेटार सडक निर्माणमा ढिला भएको बताउनुभएकाे छ ।

पाँचथरको फिदिममा फिदिम नगरपालिकाले बुधबार गरेको छलफल अन्तरक्रिया कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उक्त सडकाे विषयमा संघीय सरकार समक्ष पहल गर्ने समेत उहाँले बताउनुभएको छ । अहिले निरन्तरको वर्षादको कारण सडक बिग्रिएर आवातजावत नै बन्द हुने अवस्था पुगेको उहाँले बताउनुभयाे ।

उक्त सडक खण्ड केपी शर्मा ओली नेतृत्वकाे सरकारले कालो पत्रे शिलान्यास गरिएको थियो । जिल्लाको भौतिक पूर्वाधार, सडक, खानेपानी, शिक्षा स्वास्थ्य, सुरक्षाको अवस्थाकाे विषयमा नगर उपप्रमुख राधाकृष्ण न्यौपाने, प्रमुख जिल्ला अधिकारी गणेश गैरे र जिल्ला समन्वय समिति प्रमुख रामराज आङदेम्बेले जानकारी गराएका थिए ।

नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेको अध्यक्षमा भएको सभामा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दाहालले जिल्ला र नगरको संक्षिप्त परिचय दिनुभएको थियो ।

उक्त सभालाई प्रमुख खापुङले नीतिगत रुपमा मेरुदण्डमा रहेको स्थानीय निकायलाई मजबुद बनाउन सकिने बताउनुभयो ।