
म्याग्दी । बेनी नगरपालिकासहित ६ वटै स्थानीय तहको माथिल्लो भेगमा रोपाइँ सुरु भएको छ ।
नियमित वर्षा र पानीको सुविधा भएपछि रोपाई गर्न सजिलो भएको कृषकहरुले बताएका छन् ।
अधिकांश व्यक्तिहरु लकडाउनका कारण गाउँ फर्किएकाले कृषि मजदुरको समस्या नभएको कृषकहरुको भनाइ छ ।
सामाजिक दुरी कायम गरेर किसानहरुले रोपाइँ गरिरहेको मालिका गाउँपालिका–५ देवीस्थानका वडा अध्यक्ष पिपला बूढाले बताइन् ।
कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क अनुसार जिल्लाभर तीन हजार ८ सय ९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।
प्रतिक्रिया दिनुहोस्