Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


गोठाटार गोलीकाण्ड : अनुसन्धानका लागि विशेष समिति गठन


1.3k
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले अज्ञात समूहको गोलीबाट गोठाटारमा मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न विशेष समिति गठन गरेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको नेतृत्वमा मंगलबार पाँच सदस्यीय समिति बनाइएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेक प्रसाद राईले जानकारी दिनुभयो । भट्टराई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख हुन् ।

उनका अनुसार समितिमा प्रहरी उपरीक्षक (एसएपी) दिनेशराज मैनाली, प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण चन्द लगायत सदस्य छन् । समितिमा साइबर ब्यूरोका एकजना अधिकृतलाई पनि राखिएको उहाँले बताउनु भयो ।

सोमबार साँझ साढे ६ बजे गोठाटारस्थित एभेन्जर इन्टरप्राइजेज नामक गोर्मेन्ट उद्योग अगाडि मोहम्मदलाई अज्ञात समूहले गोली प्रहार गरेकाे थियाे ।