
रसुवा । रसुवागढी नाका जोडने रसुवास्थित पासाङ ल्हामु मार्गको राम्चे धुन्चे खण्डमा सडक ढलानको काम सुरु गरिएको छ ।
डिभिजन सडक कार्यालय नुवाकोटले रसुवाको स्याउबारीदेखि सोलेसम्मको कालोपत्रे गर्न नमिल्ने स्थानमा कार्यालयले ढलानको काम सुरु गरेको हो ।
कोरोना भाइरसका कारण अधिकांश ठाउँमा कामदार अभाव हुँदा निर्माणका गतिविधिहरु रोकिए पनि स्थानीय कामदारबाट ढलान निर्माणको कामले तिब्रता पाएको हो ।
सडक भासिएका स्थानहरुमा सडक ढलान गरिएको सडक डिभिजन कार्यालयका प्रमुख राजेशकुमार दासले बताए ।
आठ इञ्च मोटाइ रहेको सडकको दुई लेनको पक्की ढलान गर्न एक करोड ४० लाखको लागतमा करिब ४ सय मिटर विभिन्न स्थानमा राम्चे नेशनल कन्स्ट्रक्सन एण्ड सप्लार्यसले ढलानको काम गरेको हो ।
प्रतिक्रिया दिनुहोस्