‘एमालेको शक्ति केन्द्रित भएमा देश ठूलो दुर्घटनामा पर्छ’ « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


‘एमालेको शक्ति केन्द्रित भएमा देश ठूलो दुर्घटनामा पर्छ’


2.262k
Shares

अर्घाखाँची । नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले एमालेको शक्ति केन्द्रित भएमा देश ठूलो दुर्घटनामा पर्ने बताउनुभयो ।

प्रगतिशील पत्रकार महासंघ अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले भारतीय हिन्दू शासन ल्याउनका लागि एमालेलगायतका दलहरु मिलेर हिन्दूराज्य बनाउन विभिन्न सम्झौतासमेत गरेको आरोप लगाउनुभयो ।

एमाले अध्यक्ष केपी ओलीले दुई पटकसम्म संसद् विघटन गरेर प्रतिगमन गरेको उल्लेख गर्दै उहाँले ०१७ र ०५९ सालको राजाको कुभन्दा त्यसको असर बढी हुने बताउनुभयो । साथै आफूहरु प्रतिगमनविरुद्वको लडाइमा एकजुट हुन निरन्तर लागि रहनेसमेत बताउनुभयो ।